Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई ३ करोड ४५ लाख रकम व्याज छुट वापत मिनाहा गरेको छ । छुट रकम २०७६ चैत्रदेखि २०७७ असारसम्म ४ महिनाको हो ।

कोभिड–१९ को कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनले सदस्यहरुलाई पारेको असरलाई मध्यनजर गर्दै ऋणमा पाकेको व्याज रकममा १० प्रतिशत छुट दिने संस्थाले घोषणा गरेको थियो । लकडाउन अवधिभर बचत तथा ऋणमा कुनै पनि प्रकारको हर्जना नलिएको र ऋणको किस्ता समेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको समेत संस्थाले जनाएको छ ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईको प्रतिक्रिया