Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)ले श्रावण २ गते वित्तीय संकट व्यवस्थापनको लागि योजना निर्माण सम्बन्धि तालिम गर्ने भएको छ । लक डाउनको कारण प्रविधिको प्रयोग गर्दै जुममार्फत तालिमको आयोजना गरिएको नेफ्स्कुनले जनाएको छ ।

२०७७ श्रावण २ गते विहानको ११ः३० बजेदेखि १ः३० बजेसम्म सञ्चालन हुने तालिममा संघको निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोखरेलको प्रस्तुती रहने छ । तालिममा सहभागी हुन नेफ्स्कुनले उपलब्ध गराएको लिङ्कमार्फत दर्ता भई जुमको युजर नेम र पासवर्ड लिनु पर्ने हुन्छ । जुममार्फत सहभागी हुन नसकेमा फेसबुकमार्फत हुने लाईभमार्फत पनि सहभागी हुने सकिने संघले जनाएको छ ।

नेफ्स्कुन नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय छाता संघ हो र संघले लक डाउनको अवधिमा प्रविधिको उच्चतम प्रयोग गर्दै सदस्य संस्थाहरुलाई निरन्तर तालिम प्रदान गरिरहेको छ ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईको प्रतिक्रिया