Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । पथरी शनिश्चरे नगरपालिकामा ३ वटा सहकारी संस्थाहरूवीच एकीकरण भएको छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट कारोवार गर्नेगरी २०७७ असार २६ गते प्रदेश नं. १ को प्रदेश सहकारी रजिष्ट्रार कार्यालयबाट स्वीकृती पाएको संस्थाका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

ग्रामिण क्षेत्रमा सञ्चालित सहकारीहरुवीच एकीकरण गरी हरहिसावले मजवुत सहकारी संस्था स्थापनाको प्रयत्न स्वरुप वडा नं ३ को वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि., न्यू कञ्चन बचत तथा ऋण सहकारी संस्था लि. र वडा नं. २ को शान्तिदीप बचत तथा ऋण सहकारी संस्था लि.वीच एकीकरण भएको संस्थाका सचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिनु भयो । एकीकरणको विषयमा सम्पूर्ण कार्यहरु पुरा गरी ३ वटै सहकारीको संयुक्त साधारणसभा २०७६ माघ ५ गते नै सम्पन्न भएको थियो । कानुनी प्रक्रियाको तयारी गर्दा गर्दै कोभिड–१९ को कारण लक डाउनको घोषणा भएकोले केही समय ढिला भए पनि यसै आ.ब.भित्र एकीकरण गर्न सकिएको पनि अधिकारीले बताउनु भयो ।

३ वटा सहकारी संस्था एकीकरण भएपछि संस्थामा १०१८ महिला, ११६१ पुरुष र १ संस्था गरी जम्मा २१८० जना सेयर सदस्य, १ करोड ४६ लाख ६३ हजार ३ सय सेयर पुँजी र १२ करोड २८ लाख २३ हजार ५१३ कुल पुँजी (वासलत) भएको संस्थाका व्यवस्थापक पुन्यप्रसाद बरालले जानकारी दिनु भयो ।

वीरेन्द्रनगर साकोस नेफ्स्कुनद्वारा प्रवद्र्धित प्रोबेसन ब्रान्ड प्राप्त संस्था हो ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईको प्रतिक्रिया