Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङले सङ्घमा आवद्ध साकोसका अध्यक्ष र व्यवस्थापकहरुसंग छुट्टा छुट्टै अन्तरक्रिया सम्पन्न गरेकोछ ।
सङ्घको भावी योजना तथा कार्यक्रम सम्बन्धी सुझाव सङ्कलन गर्ने उद्देश्यले २०७७ असार २३ गते व्यस्थापकहरुसंग र असार २६ गते अध्यक्षहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । क्षेत्रगतरुपमा अध्यक्ष र व्यवस्थापक छनौट गरी कार्यक्रमको आयोजना गरिएको सङ्घका व्यवस्थापक केदारनाथ दुलालले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा सङ्घले विगतमा गर्दै आएको कार्यक्रम, सङ्घको वित्तीय तथा गैरवित्तीय अवस्थाका बारे सङ्घका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला र सचिव एकराज निरौलाले प्रकाश पार्नुभएको थियो । सङ्घको प्रस्तुतीपछि सहभागीहरुवीच सदस्य विस्तार, बचत/निक्षेप, ऋण लगानी, शिक्षा तथा तालिम, साकोस अनुगमन, सूचना, सञ्चार र प्रविधि, स्टेशनरी प्रकाशन तथा वितरण र आगमी कार्यक्रमका विषयमा वृहत छलफल गरी सहभागीहरुबाट रचनात्मक र सकारात्मक सुझाव सङ्कलन गरिएको सङ्घका अध्यक्ष सोमनाथ निरौलाले बताउनुभयो । प्राप्त सुझावहरुलाई सङ्घको आगामी चार बर्षे रणनीतिक योजनामा समावेश गरिने पनि निरौलाले बताउनु भयो ।


सङ्घ पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले साकोसका व्यवस्थापक र अध्यक्षहरुसंग अन्तरक्रिया गरी सुझाव सङ्कलन मार्पmत सङ्घको भावी योजना तथा कार्यक्रम तय गर्नु अत्यन्त फलदायी र उपलब्धीमूलक हुने बताउनुभयो ।
नेपाल कै पहिलो नमूना जिल्ला बचत सङ्घ मोरङलाई अझ नमूना बनाउनका लागि साकोसहरु प्रतिवद्ध रहेको हाम्रो साकोस, उर्लाबारीका व्यवस्थापक चक्रबहादुर खड्काले बताउनुभयो । सङ्घ र साकोसहरुको संस्थागत दीगो विकासका निमित्त सङ्घको भूमिका महत्वपूर्ण रहेकोले साकोसको नियमित सघन अनुगमन आजको आवश्यकता रहेको रमाइलो साकोसका व्यवस्थापक कृष्णकुमारी दवाडीले बताउनुभयो ।
साकोसका व्यवस्थावक र अध्यक्षहरुसंग अन्तरक्रियामार्फत सुझाव सङ्कलन गरी सङ्घको भावी योजना तथा कार्यक्रम तय गर्नु सङ्घ र साकोस दुवैका लागि फलदायी र उपलब्धी मूलक हुने लालीगुराँस साकोस, बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनुभयो । उहाँले सङ्घले विशिष्टीकृत क्षेत्रका लागि सहुलियत व्याजदरमा साकोसलाई ऋण लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
समापन कार्यक्रम सम्बोधन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले साकोस अभियान मार्फत सदस्यलाई उद्यमशिलतातर्फ उत्प्रेरित गर्नु पर्ने बताउनुभयो । कोभिड १९ लाई अवसरका रुपमा लिएर साकोस अभियान अझ सशक्त रुपमा अघी बढाउन सहभागी साकोसका अध्यक्षहरुलाई आग्रह गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा १८ जना व्यवस्थापक र १८ वटा संस्थाका १८ जना अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रम सङ्घका अध्यक्ष सोमनाथ निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमा सङ्घका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला, सचिव एकराज निरौला, कोषाध्यक्ष जीवन बस्नेत, पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, लेखा संयोजक विष्णुप्रसाद ओझा, सञ्चालक सदस्य पार्वती बराल, ईच्छा कोइरालाको सहभागिता रहेको थियो ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तपाईको प्रतिक्रिया