Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लकडाउनलाई आंशिक खुल्ला गरिएको परिस्थितीमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधनका लागि संस्थाहरुले दिने सेवालाई अझ सुरक्षित र दीगो रुपमा सञ्चालन गर्न उपत्यका भित्रका सहकारीलाई सहकारी अभियानले अनुरोध गरेको छ।

cement ads
Yamaha Ads


सहकारी अभियानले लकडाउन आंशिक रुपमा खुल्ला गरिएको अवस्थामा अनावश्यक रकम घरमा संचित नगर्नका लागि सदस्यहरुलाई सूचना जारी गर्दै अति आवश्यक वस्तु तथा सेवा खरीदका लागि मात्र संस्थाको तरलता तथा नगद व्यवस्थापन क्षमता साथै सदस्यसँगको आपासी समाझदारीको आधारमा निश्चित तालिका तोकी भुक्तानी गर्न सहकारी संघसस्थाहरुलाई अनुरोध गरेको छ। साथै सहकारी संस्थाहरुले सुरक्षित विधि तथा सामाजिक दुरी कायम गरी न्युनतम् जनशक्तिबाट सामन्यतया १० देखि ५ बजेसम्म वा संस्था स्वयम्ले समय तालिका निर्धारण गरि सदस्यहरुलाई सेवा प्रदान गर्न समेत भनेको छ।
सहकारी संस्थाहरुबीचमा ब्याजदरमा अस्वस्थ्य प्रतिस्पर्धा नर्गन नगराउनका साथै कोरोनाको कारणबाट सदस्यमा पर्नसक्ने मनोवैज्ञानिक प्रभाव एंव सहकारी क्षेत्रमा पर्न सक्ने दीर्घकालिन असरलाई मध्यनजर गर्दै सदस्यको बचत तथा कर्जा कारोबारमा अधिकतम् लचकता अपनाई कारोबार गर्न समेत सहकारी अभियानले सहकारीहरुलाई सचेत गराएको छ।
यस्तो विषम परिस्थितिमा समेत वित्तिय सेवा, कृषिउपज संकलन तथा बिक्रि, उपभोग्य सामान, स्वास्थ्य सेवा, राहत लगायत सामाजिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सहकारी संघरसंस्थाहरुलाई उच्च मुल्याङकन् गर्दै धन्यवाद समेत व्यक्त गरिएको छ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Machapuchre Ads

तपाईको प्रतिक्रिया