Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली ६,असार

cement ads

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले आगामी वजेट तथा कार्यक्रममा सहकारी क्षेत्रलाई सम्बोधन गर्ने भएको छ ।

Yamaha Ads

आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा सहकारी क्षेत्रको के कस्ता नविनतम कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा नगरपालिका कार्यालयले शनिबार छलफल गरी सुझाव संकलन गरेको हो । कमलामाई नगरपालिका नगर प्रमुख खड्गबहादुर खत्रीले सिन्धुली जिल्लाका जिल्लामा संचालित जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघहरु तथा सहकारी बैंकका प्रतिनिधहरुको बीचमा बसी वर्तमान अवास्थामा कोभिड १९ का कारण सहकारी संस्थाले भोग्नु परेको समस्या तथा सहकारी क्षेत्रमा नगरले खेल्नु पर्ने भुमिका का विषयमा छलफल चलाएका हुन् ।

कार्यक्रममा स्थाननीय तहको सहकारी ऐनमा परिमार्जन गर्नु पर्ने विषयहरु, स्थानीय सहकारी निमावाली तत्काल लागु गर्नु पर्ने, सबै प्रकृतिका सहकारी संस्थाहरुको अभिलेखिकरण गर्नु पर्ने, सहकारीको व्यवसाय कर न्यून गर्नु पर्ने, कृषि सहकारी संगै सबै सहकारी संस्थालाई अनुदान को व्यवस्था गरिनु पर्ने, सहकारी संघ संस्थाहरुको अनुगमन तथा नियमन वार्षिक रुपमा गरिनु पर्ने माग सहकारीकर्मीहरुको थियो ।

छलफल कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी संचालक एवं बचत तथा ऋण सहकारी संघ सिन्धुलीकी अध्यक्ष बाल कुमारी श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज केसी, उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइराला, बहुउद्धेशीय सहकारी संघका अध्यक्ष खडानन्द तिमल्सिना, कृषि सहकारी संघका अध्यक्ष राम ब. वि.क, जडिवुटी सहकारी संघका महेन्द्र वसुले आ आफ्ना क्षेत्रको सहकारीहरुको समस्यालाई सम्बोधन हुने गरि स्थानीय तहको बजेटमा समावेश गरियोस् भन्ने भनाई राखेका थिए ।

आगामी आवमा कमलामाई नगरले तालिम तथा शिक्षा, अवलोकन भ्रमण, सहकारी सुपथ मुल्य पसल, कृषिका क्षेत्रमा अनुदानको लागि रकम विनियोजीत गरिने प्रमुख खत्रिले आश्वासन दिनुभयो । प्रमुख खत्रिले अव हरेक वडामा १ कृषि सहकारीको स्थापना गरिट नीनै सहकारी संस्थाहरुको माध्यमबाट कृषकहरुको उत्पादनको वजारिकरण तथा प्रोहत्सान गर्ने कार्यक्रम ल्याइन लागेको पनि जानाकारी गराउनु भयो ।

साभार: सहकारी खबर


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Machapuchre Ads

तपाईको प्रतिक्रिया