Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहकारी बुलेटिन । प्रदेश नं. १ को ईटहरीमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालय स्थापना भएको छ । २०७७ असार ३ गते आयोजना गरिएको समुद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाख पोखरेल र राष्ट्रिय सहकारी बैङ्क लि.की सञ्चालक अमृता सुब्बाको समेत उपस्थिती रहेको थियो ।

cement ads
Yamaha Ads


प्रदेश सहकारी रजिष्ट्रार कार्यालय स्थापनासँगै नेपालमै पहिलो विशिष्टीकृत सहकारी संघ दर्ता भएको छ । दुधसँग सम्बन्धित परिकारहरू उत्पादन गर्ने गरी श्री सगरमाथा डेरी विशिष्टीकृत सहकारी संघ लि. दर्ता गरिएको हो । प्रदेशका दुधको कारोवार गर्ने सबै सहकारी संस्थाहरूलाई समेत समेटेर सहकारी संस्थाहरूको तर्फबाट १० करोड र प्रदेश सरकारको तर्फबाट २० करोड गरी ३० करोडको लागतमा सुनसरीको तरहरामा कारखाना स्थापनाको तयारी गरिने तदर्थ समितिका सञ्चालक रामचन्द्र उप्रेतीले बताउनु भयो ।
सहकारी ऐन–२०७४ को नियम–९ र सहकारी नियमावली–२०७५ को नियम–४ मा विशिष्टीकृत सहकारी संघ गठन सम्बन्धी व्यवस्था उल्लेख छ ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Machapuchre Ads

तपाईको प्रतिक्रिया