नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) कोआयोजनामा भोली असार ३ गते बुधबार “महामारीमा बचत तथा ऋण सहकारी नेतृत्वको भूमिका” विषयक भर्चुअल तालिम आयोजना हुने भएको छ।



नेफ्स्कूनको आयोजनामा विहानको ठीक ११ः०० बजेदेखि हुने सो तालिममा संघका महासचिव दामोदर अधिकारीको प्रस्तुतीकरण रहने बताइएको छ । यस तालिममा सहभागी हुन इच्छुक सहकारीकर्मीहरुले तलको लिंकमा राखिएको फाराम भरी जुम एप्लिकेसनको युजर नेम र पासवर्ड लिन सक्नुहुने संघले जनाएको छ
http://training.nefscun.org.np/
सो तालिममा जुम एप्लिकेशन तथा संघको फेसबुक मार्फत सहभागी हुन सकिने बताइएको छ। तालिम भोली बुधबार विहानको ११ बजेदेखी ३ बजेसम्म हुनेछ।
नेफ्स्कूनले लकडाउनको यस विषम परिस्थितीमा समेत भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।
