Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा जिल्ला सहकारी संघले नागरिक स्तरबाट संचालीत ’एकका लागि एक अभियान’ झापाको साझेदारीमा पिसिआर मेशिन खरिद गरि ल्याब स्थापनाका लागि सरकारलाई हस्तान्तरण गर्ने निणर्य गरेको छ ।
अहिलेको विषम परिस्थितिमा सरकारको मात्रै मुख ताकेर उल्लेखित चुनौतीको सामना गर्न नसकिने महशुस गरि संघले सो अभियान संचालन गर्न लागेको बताएको छ।

cement ads


यथाशिघ्र मेशिन खरिद गरि ल्याब स्थापना हुन सके सहकारी संघ संस्थामा काम गर्ने कर्मचारीहरुको पिसिआर टेष्ट गरि ढुक्कले काम गर्ने वातावरण बनाउन सहज हुने उल्लेख गर्दै संघले अभियानमा संलग्न हुन र हातेमालो गर्न सबै सहकारी संघ संस्थाहरुलाइ अनुरोध गरेको छ। ं
कर्मचारीहरुको पिसिआर परीषण मार्फत दैनिक जिवन सहज बनाई सहकारी संघ,संस्थाहरुलाई पूर्ववत रुपमा संचालन गर्न समेत आवद्ध कर्मचारी र संचालकहरुको पिसिआर टेष्ट अपरिहार्य अवश्यकता संघको बुझाइ छ ।

Yamaha Ads

यस अभियानका लागी संघको तर्फबाट रु.१ लाख १ हजार प्रदान गर्ने घोषणा गदै संघका अध्यक्ष गणेश ढकालले अन्य सम्पूणर् सहकारी संघसंस्थाको तर्फबाट समेत सहयोेगका लागी अपिल गरेको छ।
अध्यक्ष ढकालले उक्त अभियानमा ऐक्यवद्धता जनाई राष्ट्रिय सहकारी महासंघबाट १ लाख १ हजार रुपैया र राष्ट्रिय सहकारी बैंकबाट समेत १ लाख १ हजार रुपैया सहयोग प्राप्त हुने जानकारी प्राप्त भएको बताउनु भयो ।
७ दिन भित्रमा प्राप्त सहयोगको विवरण सहित उल्लेखित रकम उपलब्ध गराउदै जिल्ला सहकारी संघ झापाले ल्याव स्थापनाका लागि अभियान संग मिलेर पहल कदमिको अगुवाई गर्ने समेत जनाएकोे छ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष रमेशप्रसाद पोखरेल, सञ्चालकहरु अमृता सुब्बा, शिवकुमार डाँगी, लेखा सुपरीवेक्षण समितिका सदस्य सोमबहादुर श्रेष्ठ, नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारी, कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मीना ढकालसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघको प्रतिवद्धतालाई कार्यान्वयन गरिने बचनवद्धता जनाइएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित जिल्लाका सहकारीकर्मीहरुले जनस्तरबाट झापामा निमाण गर्न लागिएको कोरोना संक्रमणको पिसिआर परीक्षण प्रयोगशालाका लागि ‘अन द स्पट’ सात लाख १२ हजार रुपैयाँको प्रतिवद्धता जनाइसकेका छन् । रकम घोषणा कार्यक्रममा सहारा नेपाल साकोसबाट १ लाख ५ हजार, पूर्व नेपाल साकोसबाट १ लाख २ हजार, पब्लिक साकोसबाट १ लाख १ हजार र हाम्रो नेपाल साकोसबाट १ लाख १ हजार रुपैयाँ सहयोग घोषणा भएको छ ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Machapuchre Ads

तपाईको प्रतिक्रिया