Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महामारीको अवधिमा बचत तथा ऋण सहकारीहरुका लागि सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली विषयक भर्चुअल तालिम सञ्चालन भएको छ।
नेफ्स्कून तालिम केन्द्रको आयोजनामा भएको कार्यक्रममा बन्दाबन्दीको अवधिमा बचत तथा ऋण सहकारीहरुका लागि सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली , सहकारी संघ संस्थाहरुको नीति, नियम तथा कार्यविधि निर्माण, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको गठन, काम कार्तव्य, साकोसमा लेखा सुपरिवेक्षण समितिबारे विद्यमान धारणाका विषयमा चर्चा गरिएको थियो ।
जुम एप्लिेकसनको माध्यमबाट सञ्चालित
तालिम शुभारम्भका क्रममा बोल्दै नेफ्स्कूनका महासचिव एवम् तालिम शिक्षा उपसमितिका संयोजक दामोदर अधिकारीले अहिलेको यो विषम परिस्थितिमा सम्पूर्ण सहकारी संस्थाहरुले आफ्नो नीति, विधि र कार्यविधिमा रहेर आन्तरिक नियन्त्रण प्रणाली र सुशासनको विषयलाई उच्च प्राथमिकतामा राख्दै काम गर्नुपर्ने बताउनुभयो ।

cement ads
Yamaha Ads

महासचिव अधिकारीले नेफ्स्कूनले अहिलेको विषम् परिस्थितिलाई मध्येनजर गर्दै सदस्य संघ संस्थाहरुको सेवा प्रवाहलाई मर्यादित, सुव्यवस्थित, सुशासनयुक्त बनाउन संघ सँगसँगै रहेको विषयप्रति जानकारी गराउँदै स्वनियमन र आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुद बनाउन तालिम फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले प्रशिक्षण गर्नुभएको उक्त तालिममा लेखा नीति, बार्षिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षणका चरणहरु, प्रक्रिया, विपद् व्यवस्थापन नीति कार्यान्वयका सबालमा यस बन्दाबन्दीका बेला विशेष ध्यान दिनुपर्ने विषहरुमाथी चर्चा गरिएको थियो । लेखा सुपरिवेक्षण समिति संस्थाको स्वनियामक र आन्तरिक नियन्त्रणका लागि मार्गदर्शक अंग भएको हुँदा समितिले अधिकारको सही प्रयोग र जिम्मेवारी प्रति सजगता अपनाउँदै जोखिमको समयमा विपद् व्यवस्थापन नीतिलाई अंगिकार गरेर अगाडि बढ्नुपर्ने आवश्यकताका विषयमा तालिममा जोड दिइएको थियो ।
बन्दाबन्दीको समयमा नीति विधिको परिपालना तथा कार्यविधि निर्माण, आन्तरिक लेखा परीक्षणका क्षेत्रहरु, नगद व्यवस्थापन सम्बन्धी बैधानिक निर्णयहरु, आन्तरिक लेखा परीक्षणका विधिहरु, सदस्य, कर्मचारी स्वास्थ्य सुरक्षा, कर्मचारीको कार्यबातावरण तथा कार्यजिम्मेवारी लगायतका विषयहरुमा योजनाबद्ध ढंगले अगाडि बढ्ने विषयहरुप्रति प्रशिक्षणमा औल्याइएको थियो ।

तालिमको समापन गर्दै नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले महामारीको विषम् परिस्थितिमा सदस्यहरुलाई दिनुपर्ने सेवाहरुको निरन्तरता सँगै सुरक्षित र स्वस्थ बातावरण निर्माणको कार्यलाई समेत प्रमुखता दिएर अगाडि बढ्न अनुरोध गर्नुभयो । बन्दाबन्दीका समयमा पनि संस्थालाई सुरक्षित, सुशासनयुक्त र मजबुद आन्तरिक नियन्त्रण प्रणालीको विकास मार्फत संस्थाका नीति, विधि तथा रणनीतिक योजनाहरुको सही कार्यान्वयनमा जोड दिँदै अनुशासित, व्यवहारिक र प्राप्त जिम्मेवारी प्रति उत्तरदायी बन्न सकेमात्र संस्थामा सुशासन कायम हुन सक्ने बिषयलाई जोड दिनुभयो ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Machapuchre Ads

तपाईको प्रतिक्रिया