Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सि.ए बद्रीकुमार गुरागाइँ पुनः नियुक्ती हुने भएका छन् ।
बैंक सञ्चालक समितिको बुधवार सम्पन्न वैठकले गुरागाइँलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

cement ads
Yamaha Ads

म्याद सकिन ६ महिना पहिला नै प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नु पर्ने बैंकको प्रावधान अनुशार २०७५ पुस ३ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरागाईलाई नै बैंकको सञ्चालक समितिले पुनः ४ वर्षका लागि समय थप गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले जानकारी दिनुभयो ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को समेत पूर्व प्रमुख कार्यकारी अधिकृत भइ काम गरेका गुरागाईको सहकारी क्षेत्रमा लामो अनुभव रहेको छ ।
कोरोना संक्रमणका कारण जारी लकडाउनमा सदस्य संस्थाहरुको कारोबार नभएको र त्यसबाट पर्न गएको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधीमा पाकेको ब्याजको १० प्रतिशत छुट दिएकोमा असार १ गतेदेखि २ प्रतिशत ब्याज घटाउने निर्णय पनि बैठकले गरेको छ ।


Share Post
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Machapuchre Ads

तपाईको प्रतिक्रिया